Breaking News
कोरोना प्रभाव: चितवनबाट प्रकाशित सबै पत्रपत्रिका २१ गतेसम्म बन्द रहने
०

चितवन, चैत १०-
विश्वव्यापीरुपमा फैलँदै गएको कोरोनाको संक्रमणलाई दृष्टिगत गरी चितवनबाट प्रकाशन हुने पत्रपत्रिकाहरु पर्सी बुधबारदेखि २१ गते शुक्रबारसम्म बन्द हुने भएका छन् ।
चितवनका १९ वटा दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकहको बैठक बसी बैठकपछि जारी प्रेस विज्ञप्तिमा सो बारेमा जानकारी गराइएको हो ।
विज्ञप्तिमा सबैतिर बजार बन्द भएसँगै पत्रपत्रिकाको प्रकाशनमा कठिनाइ परेकोले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ । न्यूज प्रिन्टको अभाव, समाचार संकलनमा जोखिम भएको उल्लेख गरिएको छ । त्यसैगरी पत्रपत्रिका बन्द भए पनि अनलाइन संस्करण भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ ।