मकवानपुर
हेटौंडामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
०
हेटौंडा, चैत १०–
हेटौँडा–१० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।
मृतकको शव हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>