Breaking News

बजार बन्द बारे भरतपुरका व्यवसायी अन्यौलमा, उवासंघले भन्यो सोमबार निर्णय लिन्छौं

Banner

चितवन, चैत ९–

सरकारले अतिआवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसंग चितवनका व्यवसायीहरुमा अन्यौलता छाएको छ । कस्ता व्यवसाय बन्द गर्ने र कस्ता नगर्ने बारे व्यवसायीहरु अन्यौल भएका हुन् । उद्योग वाणिज्य संघ चितवनले ठोस निर्णय नगर्दा व्यवसायीहरुमा थप अन्यौलता देखिएको छ ।

भरतपुरका व्यवसायी रमेश तिवारीले भने–‘हामी पसल बन्द गर्ने या नगर्ने अन्यौलमा छौं, उद्योग वाणिज्य संघले निर्णय गरेको छैन, निर्णय लिनै गाह्रो भएको छ ।’ उनले पसल खोल्दा आफूहरु समेत जोखिममा परेकाले झनै अन्यौल अवस्था सिर्जना भएको बताए ।
उनीजस्तै धेरै व्यवसायीहरुले यही गुनासो गरेका छन् । उद्योग वाणिज्य संघका सदस्य शिरिष पन्तले संघले कुनै आधिकारिक निर्णय नगरेको बताए । उनले भने–‘हामी पनि अन्यौलमा छौं, संघले निर्णय गरेको छैन ।’

संघका अध्यक्ष राजु श्रेष्ठले भने बजार बन्द बारे सोमबार निर्णय लिने बताए । उनले भने–‘धेरै किसिमका व्यवसायीहरु हुनुहुन्छ, हामी कुन आवश्यक, कुन आवश्यकता छैन, सबै बुझेर निर्णय लिन्छौं ।’ उनले थपेः‘हावा तरिकाले निर्णय गरेर भएन, हामी उद्योग वाणिज्य महासंघ र स्थानीय प्रशासनसंग पनि छलफल गरिरहेका छौं ।’

यस्तै उद्योग वाणिज्य संघ रत्ननगरले भने बजार बन्द गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>