Breaking News

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना,तीनको मृत्यु,१२ घाइतेको उद्धार

Banner

तनहुँ,चैत ९-

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्डको ऐनापहराबाट यात्रु बहाक बस मर्स्याङ्दी नदीमा खस्दा तीन जनाको मृत्य भएको छ।  पोखराबाट नेपालगञ्ज तर्फजाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ करिब ६ः३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

उनका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी रहेको र १२ जना घाइतेको उद्धार भएको उनले बताए । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>