Breaking News

५ लाख २६ हजार ७६४ जनाले उपत्यका छाडे, एकैदिन १ लाख ८६ हजार बाहिरिए

Banner

काठमाडौँ,चैत ९-

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्नेको संख्या दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ५ लाख २६ हजार ७ सय ६४ जनाले उपत्यका छाडिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म ५६ हजार ६ सय ४७ जनाले उपत्यका छाडेका छन् ।

यही दिन ९ हजार ४ सय २७ जना उपत्यका भित्रिएका छन्।सबै भन्दा बढी शनिबार १ लाख ८६ हजार ५ सय ४९ जनाले उपत्यका छाडेका छन्। सोमबारबाट लामोदुरीका सवारी सञ्चालनमा रोक लागउने सरकारको निर्णयले गर्दा बसपार्क र टिकट काउन्टरमा यात्रुको भिड बढेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>