Breaking News

बिहारमा कोरोनाका कारण एकजनाको मृृत्यु, नेपालमा जोखिम झन् बढ्यो

Banner

एजेन्सी,चैत ९-

नेपालसँग जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरस प्रवेश गरिसकेको छ। भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित भएको समाचारअनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ।

त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ। स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए। तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>