Breaking News

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो, इटालीमा २४ घण्टामै ७९३ को मृत्यु

Banner

एजेन्सी, चैत ९-

विश्वमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ३ पुगेको छ ।

अहिलेसम्म विश्वभर ३ लाख ४ हजार ९९९ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ९४ हजार ७९३ उपचारपछि घर फर्किएका छन् । अहिले १ लाख ९७ हजार २०३ जना कोरोना संक्रमित छन् । तीमध्ये ९ हजार ३८२ जना भने गम्भीर अवस्थामा छन् ।

इटालीमा २४ घण्टामै ७९३ को मृत्यु

कोरोना भाइरसबाट इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । कोरोनाको उद्गम स्थल चीन भएतापनि चीनमा भन्दा इटालीमा १ हजार ५७० जना बढीले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले इटालीमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८२५ पुगेको छ भने चीनमा ३ हजार २५५ रहेको छ । अहिले कोरोनाको संक्रमण हुनेमा पनि इटालीमै बढी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>