Breaking News

कोरोना महामारीः तीन दिनमा एक लाख संक्रमित थपिए

Banner

एजेन्सी,चैत ९-

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै १३ हजार पुगेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा १२ हजार ९७३ जनाको मृत्यु भएको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङ्ग (सिएसएसई), जोन हप्किन्स विश्वविद्यालयले जनाएको हो ।

चीन बाहिर १० हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण हुने देशहरु इटाली, स्पेन, अमेरिका, जर्मनी, इरान र फ्रान्स हुन् । कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी हुने देश अहिलेसम्म चीन रहेको छ ।

तर यसका कारण इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा चार हजार ८२५ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>