चितवन विशेष

चितवनको सिनर्जी एफएमका स्थलगत कार्यक्रमहरु स्थगित

Banner

चितवन, चैत ८

कोरोनाका रोकथामका लागि सर्तकता अपनाउनुपर्ने भएकोले चितवनको सिनर्जी एफएमले स्थलगत कार्यक्रमहरु स्थगित गरेको छ ।
एफएमले पब्लिक स्पिकिङ र एकोस्टिक ब्याण्ड प्रतियोगिता केही समय नहुने जनाएको हो । सजक रहेर समाचार तथा कार्यक्रम प्रसारण गर्न पनि रेडियोमा कार्यरत पत्रकारलाई एफएमले आग्रह गरेको छ ।

रेडियोका प्रबन्ध निर्देशक सहनलाल प्रधानद्वारा हस्ताक्षरित विज्ञप्तिमा सिनर्जी एफएममा आवद्ध सम्पूर्ण पत्रकारको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताउँदै आजदेखि नै केही कार्यक्रम रोकिएको तथा समाचारमा केही परिवर्तन गरिएको बताइएको छ । सिनर्जी एफएमबाट प्रसारण हुँदै आएको कार्यक्रम हिड्दा हिड्दैसहित रेडियो बाहिर गरिने सबै कार्यक्रमहरु रोकिएको छ भने स्थानीय खबरहरुको संगालो हालखबरमा प्रसारण हँुदै आएको ‘जनताको आवाज’ समेत प्रसारण हुने छैन । अब जनआवाजमा सामाजिक सञ्जालमा राखिएको प्रश्नमा श्रोताहरुले दिने विचारलाई राखिने रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले जनाए ।

एफएमद्वारा प्रसारित विज्ञप्तिमा एफएममा आवद्ध पत्रकारहरुको स्वास्थ्य प्रति आफूहरु सजक रहेको बताउँदै कोरोनाको कारण रोकिएका केही कार्यक्रमका कारण श्रोता तथा विज्ञापनदातामा पर्न गएको असुविधाप्रति क्षमासमेत मागिएको छ । साथै सिनर्जी एफएमको आयोजनामा भइरहेको प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङको अडिसन तथा केही समयमा हुन लागेको ब्याण्डबीचको प्रतियोगिता एकोस्टिक ब्याण्ड प्रतियोगिता समेत अर्को सूचना नआउन्जेल स्थगित गरिएको पौडेलले बताए । विपद्का बेलामा सिनर्जी एफएमले आम जनमानसलाई उपयोगी जानकारीहरु प्रस्तुत गर्दै आइरहेकोमा यसपटक पनि चौबिसै घण्टा सत्यतथ्य सूचनालाई प्राथमिकताको साथमा प्रस्तुत गरिने स्टेसन म्यानेजर पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>