चितवन विशेष
जन्मदिनमा मानव सेवा आश्रममा भोजन

चितवन, चैत ८ –
भरतपुर महानगरपालिकाका इन्जिनियर सुरज देवकोटाले आफ्नी छोरीको जन्मदिन मानव सेवा आश्रममा पूण्य कार्य गरेर मनाएका छन् ।
छोरी रियान्सा देवकोटाको आज परेको जन्मदिन देवकोटा परिवारले चितवन मानव सेवा आश्रममा आश्रितहरुलाई एक दिनको खाना र खाजा खुवाएर मनाएका थिए । भरतपुर–९ स्थित चितवन मानव सेवा आश्रममा ४१ जना आश्रित छन् । उनीहरु सबै मानसिक रोगी हुन् । यहाँको अवस्था बुझेर नातिनीको जन्मदिनको अवसरमा एक दिनको खाना र खाजा खुवाउनु पाउँदा खुसी लागेको रियान्साका हजुरबुबा सूर्यप्रसाद देवकोटाले बताए ।
रियान्साका बुवा सुरज देवकोटा, आमा रिचा देवकोटा, हजुरबुबा सूर्यप्रसाद देवकोटा, हजुरआमा राधा देवकोटालगायतले आश्रममा खाना दिएका थिए । मानव सेवा आश्रममा कार्यरत नर्सिङ स्टाफ पुष्पा लुइँटेलले जन्मदिन, पूण्य तिथिलगायतको अवसर पारेर आश्रममै उपस्थित भएर खाना खुवाउनुका साथै सहयोग हुँदै आएको बताइन् ।