Breaking News
सीमानाका गड्डाचौकीबाट भित्रिएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना
०

कञ्चनपुर, चैत ८-
कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् ।
कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई महाकाली अस्पताल भर्ना गरिएको छ ।
सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाका भएर भित्रिएका दुई जनालाई कोरोना भाइरस संक्रमण भएको हुनसक्ने आशंकामा महाकाली अस्पताल पठाइएको जानकारी छ । अस्पताल भर्ना गरिएका दुई जना पुरुष हुन् ।
आवतजावतका लागि प्रयोग हँुदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावासलगायत क्षेत्रका सीमा नाका बन्द गरिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको समन्वय समितिको बैठकले गड्डाचौकी नाकाबाहेकका नाकामा हुने आवागमनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























