चितवन विशेष

भाटभटेनीमा पत्रकार गौतमाथि भएको दुव्र्यवहारप्रति प्रेस युनियनको ध्यानाकर्षण

०
Banner

चितवन, चैत ८–

नेपाल प्रेस युनियन चितवन शाखाले पत्रकार शिव शर्मा गौतममाथि समाचार संकलनका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको दुव्र्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियनका सदस्य समेत रहेका गौतम माथि भएको दुव्र्यवहारको घटनाप्रति युनियनले आपत्ति जनाएको हो । अध्यक्ष अनिल ढकालद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘कायाकैरन दैनिक र सिनर्जी एफएममा कार्यरत पत्रकार गौतमलाई भाटभाटेनी सुपरमार्केटका कर्मचारीले गौतमले खिचेका तस्विर मेटाउने कार्य गरेकोमा हामी घोर निन्दा गर्दछौ । पत्रकारको परिचय दिँदा दिदै भएको अप्रिय घटनाले जनताको सूचना पाउने अधिकारमाथी कुण्ठित भएको हाम्रो ठम्याईछ ।’

प्रेस युनियनले आगामी दिनमा यस्ता घटना नदोहार्‍याउन र पत्रकारहरुलाई स्वतन्त्रपूर्वक लेख्न सक्ने वातावरण तयार गरिदिन स्थानीय प्रशासनसँग माग गरेको छ । साथै, समाचार संकलन गर्ने पत्रकारहरुलाई सुरक्षाको अनुभुति गराउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

पत्रकार गौतमले आइतबार साँझ अत्याधिक भिडभाडको फोटो खिच्न पुग्दा भाटभटेनीका कर्मचारीले दुव्र्यवहार गरेका थिए । उनीहरुले पत्रकार गौतमले खिचेको फोटो डिलिट गर्न लगाएका थिए भने हातपातको प्रयास समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>