Breaking News

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय नाघ्यो, के युवा जोखिममुक्त छन् ?

Banner

काठमाडौँ, ८ चैत

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न भनेको छ ।

एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ ।

पछिल्लो २४ घण्टामा अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै संक्रमित हुनेहरुको संख्या २ लाख ७५ हजार १ सय ८९ पुगेको छ ।

अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको सङ्क्रमण हुनसक्ने देखाएको छ । तर वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक देखिएको छ ।

अनलाइन पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने “धेरै उमेरका मानिसहरूलाई बढी प्रभावित पारेपनि यसबाट युवा जोखिममुक्त छैनन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>