Breaking News

अमेरिकामा १० हजार बढिमा कोरोना भाइरस

Banner

एजेन्सी,चैत ७-

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। बिहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ। यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो।

कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि उस्तै छ। पहिले कोभिड-१९ का कारण ५३ जनाको मृत्यु भएको थियो। १९ मार्चपछि १ सय ५० जनाको मृत्यु भइसकेको छ। अमेरिकी स्वास्थ्य विभागका अनुसार एक्कासि यति धेरै मानिसको मृत्युबारे खोजतलास सुरु गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>