Breaking News

कोरोना प्रभावः आजदेखि मापसे जाँच पनि स्थगित

Banner

काठमाडौं,चैत ७-

सवारी चालकले मादक पदार्थ खाए–नखाएको थाहा पाउनका लागि हुँदै आएको परीक्षण अनिश्चित समयका लागि रोकिएको छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप मापसे जाँच अत्यावश्यक बाहेकका अवस्थामा नगर्ने निर्णय ट्राफिक प्रहरीले गरेको हो ।

मापसे जाँच गर्दा संक्रमण फैलिने जोखिम हुने भएकाले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मका लागि रोक्ने निर्णय भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताएका छन् । उनले तत्कालका लागि मापसे सचेतना कक्षा समेत स्थगित गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>