Breaking News

अस्ट्रेलियाको सिड्नीमा ३८ सय यात्रु बोकेको पानीजहाजका तीनजनामा कोरोनाको संक्रमण

Banner

एजेन्सी,चैत ७-

अस्ट्रेलियाको सिड्नीमा रोकिएको क्रुज सिपका तीन यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चिन्ता थपिएको छ । बिहीबार रोकिएको रुबी प्रिन्सेज क्रुज सिपमा रहेका यात्रुहरु सोही दिन जहाजबाट बाहिरिएका थिए । तर तीनजनामा संक्रमण पुष्टि भएपछि सो पानी जहाजका यात्रुको अवस्था र उनीहरु मध्ये कसैलाई संक्रमण भएको भए फैलिने जोखिम बढेको हो । न्युजिल्याण्ड गएको रुबी प्रिन्सेज सिड्नी फर्किएको हो ।

रुबीमा चालक दलका एक हजार सदस्यसहित ३८ सयजना थिए । सिड्नी सिटी सेन्टरबाट बिदा गरिएका २७ सय भन्दा बढी यात्रुलाई सम्पर्क गर्ने प्रयास अधिकारीहरुले गरेका छन् । क्रुज सिपका दुई यात्रु र चालक दलका एक सदस्यमा संक्रमण पुष्टि भएको हो । तास्मानिया फर्किसकेका एक यात्रुमा पनि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>