Breaking News

भारतमा चार बलात्कारीलाई फाँसी दिइयो

Banner

काठमाडौं,चैत ७-

सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।

तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।’ समाचार एजेन्सी पिटिआईले जेल अधिकारीलाई उद्धृत गर्दै चारैजनालाई एकैपटक मृत्युदण्ड दिइएको बताएको छ ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>