चितवन विशेष
कोरोनाका सम्पूर्ण बिरामीको जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री
०

काठमाडौं,चैत ६-
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताए ।
उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पस्ट पारे । उनले भने, ‘रगत परीक्षण गरेर त्यहाँ यो कोरोना संक्रमित हो भन्ने भयो भने अनि बल्ला खकारहरु त्यहाँबाट ल्याएर टेस्ट गर्न सकियो अनि बिरामीलाई चाहिं उपचार गर्ने कुरा की त्यहिं व्यवस्था गरिन्छ की यहाँ ल्याएर उपचारको जिम्मा सरकारले लिन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























