चितवन विशेष
जिल्ला सहकारी संघ चितवनको अध्यक्षमा पौडेल निर्वाचित

चितवन,चैत ६-
जिल्ला सहरकारी संघ चितवनको अध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । संघको विशेष साधारणसभाले चार बर्षे कार्यकालका लागि पौडेलको अध्यक्षतामा १९ सदस्सीय नयाँ संचालक समिति गठन गरेको हो ।
यस्तै समितिको बरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारी,उपाध्यक्षमा प्रेमनाथ दुवाडी, सचिवमा तुलसीप्रसाद घिमिरे, सहसचिव रामेश्वर पौडेल,कोषाध्यक्ष शरदकुमार बर्ताैला र सदस्यहरुमा भगवती पौडेल, कविता न्यौपाने,दिव्या शर्मा आचार्य, सुशीला उप्रेती, खिलाराज रेग्मी, विष्णुप्रसाद बास्तोला,भक्तबहादुर कुँवर,तेजप्रसाद सेढाई,विष्णु आचार्य,देवेन्द्र गुरुङ,हरिहर सुवेदी,निरन्जन सुवेदी र बालकुमार श्रेष्ठ रहेका छन् । यस्तै सभाले चेतप्रसाद सेढाईको संयोजकत्वमा ३ सदस्सीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । समितिको सदस्यमा कृष्णप्रसाद तिवारी र शैलजा घिमिरे रहेका छन् ।
जिल्ला सहरकारी संघ चितवन देशकै नमूना जिल्ला सहकारीको रुपमा स्थापित छ । जिल्लाका ३ सय ६५ सहकारी यस संघमा आबद्ध छन् । दुग्ध, बचत, कृषि, ताजा तरकारी तथा फलफुल र बहुउदेश्सीय सहकारी संघमा रहेका छन् । सधारणसभा निवर्तमान अध्यक्ष टिकाराम भट्टराईको अध्यक्षतामा भएको हो । कार्यक्रम संघका व्यवस्थाक विनोद खतिवडाले संचालन गरेका थिए ।
























