Breaking News

२८० क्षमताको भरतपुर कारागारमा ७३६ कैदी, कोरोनाको त्रासमा चौबिसै घण्टा हाई अलर्ट

Banner

चितवन, चैत ६-

भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदी राखिएकोले पनि स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएको छ ।

कारागारमा २८० जना कैदीबन्दी राख्ने क्षमता भए पनि जम्मा ७३६ जना राखिएको छ । अहिले सबैतिर कोरोना रोकथामको उपाय अपनाइएको समयमा कारागारमा आवश्यक सुरक्षाको प्रवन्ध अपनाएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए ।

ठाउँको अभावमा कैदीबन्दी टिनको छानामुनि, त्रिपालमुनि तथा भान्सामा सुत्दै आएका छन् । देशका अन्य कारागारबाट दीर्घरोगी यहाँ पठाउने गर्दा चाप बढेको देखिन्छ । दीर्घरोगीलाई कोरोनाको असर बढी हुने भएकोले पनि दीर्घरोगी कैदीबन्दीलाई बढी त्रास देखिन्छ । कारागारका जेलर कमलप्रसाद काफ्लेले जेलमा कोरोना फैलन सक्ने त्रास रहेकोले पनि बाहिरका व्यक्तिलाई भेटघाट गर्न दिइएको छैन । उनले भित्र आउनेहरुलाई पनि हात धोएर तथा मास्क लगाएर भित्र आउने व्यवस्था गरिएको बताए । उनले भने, ‘कारागारमा सेनिटाइजर र साबनको पर्याप्त व्यवस्था गरिएको छ ।’

जेलर काफ्लेले कारागारमा हेल्थ डेस्क भने नरहेको बताए । उनले कारागार चौबिसै घण्टा अलर्ट रहने स्थान भएकोले पनि कोरोनाको बारेमा पनि अलर्टमा नै रहेको जानकारी दिए । चितवन कारागारले अपराधिक मानसिकता हटाउँदै कैदीलाई सुधार्न आयआर्जन गतिविधिमा समेत संलग्न गराउँदै आएको छ । मुढा बनाउने, साडी कडाइ गर्ने, कपडा सिलाउने, हाते पर्स बनाउनेजस्ता काममा व्यस्त हुने गर्छन् । नियमित उपचार गर्नुपर्ने दीर्घरोगी बढी भएकोले पनि आकस्मिकरुपमा देखापर्ने रोग नियन्त्रण गर्न निकै चुनौती छ । क्यान्सर भएकालाई राख्ने छुट्टै कोठा भए पनि अन्य बिरामीका लागि कुनै व्यवस्था छैन । जसले रोग संक्रमण फैलने जोखिम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>