Breaking News

चैते दसैँमा लाग्ने विक्रम बाबा मेला कोरोनाको त्रासले स्थगित

Banner

चितवन, चैत ६-

चितवनमा चैते दसैँमा लाग्ने विक्रम बाबा मेला कोरोनाको त्रासले स्थगित भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर महानगरपालिकाका २३, २४ र २५ वडा कार्यालय र स्थानीय सरोकारवालाको बीचमा आज भएको वृहत् छलफलपछि यस वर्ष सो मेला स्थगित गरिएको हो । ‘जीवन रहे संस्कृति रहन्छ’ भन्ने सोचेर सबै सरोकारवालाबीचको छलफल अनुसार कोरोनाको त्रासले मानिसहरुको धेरै भीड हुने विक्रम बाबा मेला स्थगित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय चितवनले फागुन २२ गते भेटघाट, सभा र उत्सव गर्न नपाइने निर्णय गरेकोले पनि प्रशासनको निर्देशन बमोजिम नै मेलालाई स्थगित गरिएको बताए ।

नेपाल कै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला चितवनको प्रशिद्ध मेला हो । चैते दसैँका अवसरमा लाग्ने मेला १५ दिनसम्म चल्छ । चैतेदसैँलाई लक्षित गरी हरेक वर्ष चैत औंसीदेखि पूणिर्मासम्म मेला लाग्छ । मेलामा होटल, खुद्रा सामग्री, कपडालगायतका स्टलहरु राखिने गरिएको थियो ।

विगतका वर्षमा विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनका लागि राप्ती नदीमा डुंगाको व्यवस्था गरिएको थियो । विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातिको पनि यसमा आस्था बढेको थियो । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ति, सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । चैते दसैँमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी बली दिने गर्छन् । किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

 

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>