Breaking News

चितवन प्रशासनको निर्देशनपछि मनकामना केबलकार चैत मसान्तसम्म बन्द

Banner

चितवन,चैत ६-

मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए । शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको नायव महाप्रबन्धक कायस्थले बताए ।

उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>