Breaking News

कोरोना प्रभावः चितवनमा हाटबजार बन्द गर्न निर्देशन

Banner

चितवन, चैत ६–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिनका लागि चितवनमा हाटबजार बन्द गर्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जिल्लाभरका हाटबजार बन्द गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज (बिहीबार)देखि नै लागू हुने गरी हाटबजार बन्द गर्न निर्देशन दिइएको नारायणी अनलाइनलाई जानकारी दिए । प्रजिअ भट्टराईले भने–‘आजैदेखि बन्द गर्न भनेका छौं, भोलि (शुक्रबार)देखि पूर्ण रुपमा हाटबजार बन्द हुन्छ ।’

हाटबजार सबैभन्दा धेरै भिडभाड हुने स्थान हो । पछिल्लो समय सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन दिए पनि हाटबजार तर्फ कसैको ध्यान गएको थिएन । हाटबजार बन्द गराउन चर्को दवाब आउन थालेपछि प्रशासनले अर्को सूचना नआएसम्मका लागि हाटबजार बन्द गर्न निर्देशन दिएको हो । यस्तै प्रशासनले सिनेमा हल, केबल कार बन्द गर्न निर्देशन दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>