Breaking News

कोरोना त्रास : प्रचण्डद्वारा आजदेखि अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द

Banner

काठमाडौं, चैत ६-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोकेका हुन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन् ।

तर, आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>