मकवानपुर

कोरोना प्रभावः वागमती प्रदेशको हिउँदे अधिवेशन आजदेखि अन्त्य गरिदै

Banner

हेटौंडा, चैत ६–

कोरोना भाइस (कोभिड–१९) को संक्रमणको डरले वागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज (बिहीबार) रातीदेखि अन्त्य गरिदै छ ।

अधिवेशन अन्त्य गर्न आज (बिहीबार) बसेको प्रदेश मन्त्रीपरिषद्ले बैठकले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन आज राती १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

प्रदेश सभा संचालन गर्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन् । कोरोनाको संक्रमणबाट बच्न प्रदेश सभाको बैठक अन्त्य गर्न सांसदहरुले माग गर्दे आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>