Breaking News

इटालीमा कोरोना महामारी, एकै दिन ४७५ जनाको मृत्यु

Banner

एजेन्सी,चैत ६-

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हालको इपिसेन्टर इटालीमा अवस्था अति भयावह बनेको छ । कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ ।

इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चार हजार भन्दा बढी मानिस निको भएका छन् । इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्रमा एकै दिन ३१९ जनाको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>