Breaking News

सरकारले प्रहरीलाई बिदा बस्न रोक लगायो,अनिवार्य मास्क लगाउनुपर्ने

Banner

काठमाडौं,चैत ६-

देशमा कोरोना संक्रमण भए कसरी काम गर्ने भन्नेबारे नेपाल प्रहरीले आन्तरिक कार्ययोजना बनाएको छ । संगठनकै सदस्यमा सतर्कता बढाउनेदेखि पुलिसिङको योजनासमेत बनाएको छ । सतर्कताअन्तर्गत भिडभाड हुने क्षेत्रमा खटिँदा अनिवार्य रूपमा मास्क लगाउन थालिएको छ । बुधबार उपत्यकामा कार्यरत सबै प्रहरीलाई मास्क वितरण गरिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नसमेत निर्देशन दिइएको छ ।

संगठनमा एकजनालाई संक्रमण भएमा एकैपटक धेरैमा फैलन सक्ने भएकाले कतिपय कार्यालयमा थर्मल गनमार्फत ज्वरो नाप्नसमेत थालिएको छ । हिरासतमा उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको छ ।

कोरोना संक्रमणको अवस्था आएमा बजारमा कालोबजारी बढ्न सक्ने भएकाले विशेष सक्रियता अपनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ । अत्यावश्यकबाहेक प्रहरीलाई बिदा बस्नसमेत रोक लगाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>