मकवानपुर

भारु १० लाखसहित दुईजना मकवानपुर प्रहरीको नियन्त्रणमा

Banner

हेटौंडा,चैत ५-

त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नंको बोलेरो जीपसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ । अभियुक्तका साथबाट भारु नौ लाख ९९ हजारसहित हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो ।

पक्राउ पर्नेमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउतपुर बस्ने ३८ वर्षीय शङ्कर सरकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरु दुवैलाई पश्चिमबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डब्लुबी २३ ई २३३३ नंको भारतीय बोलेरो जीपलाई हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिल सिंह राठौरले बताउनुभयो । प्रहरीका अनुसार दुवैलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउन लागिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>