Breaking News

विश्वमा कोरोनाबाट ज्यान गुमाउने ८ हजार नाघे, २ लाख संक्रमित

Banner

काठमाडौं,चैत ५-

विश्वव्यापी महामारी ल्याएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको छ। अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार बुधबार अपरान्हसम्म ८ हजार १० जनाले ज्यान गुमाएका छन्।

चीनमा तीन हजार २ सय ३७ र इटालीमा २ हजार पाँच सय ३ जनाको मृत्यु भएको छ। इरानमा ९ सय ८८, स्पेनमा पाँच सय ३३, फ्रान्समा १ सय ७५ र अमेरिकामा एक सय १६ जनाले ज्यान गुमाएका छन्।

दक्षिण कोरियामा ८४ र बेलायतमा ७१ जनाको मृत्यु भएको छ। नेदरल्यान्ड्समा ४३, जापानमा २९ , स्विजरल्यान्डमा २७ र इन्डोनेसियामा १९ जनाको मृत्यु भएको छ। विश्वका एक सय ६७ देशमा फैलिएको कोरोना भाइरस हालसम्म २ लाख ३ सय ५१ जनामा भेटिएकामा करिब ८३ हजार निको भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>