चितवन विशेष

चितवनमा १०२ विद्यार्थी एसईई परीक्षाबाट बञ्चित हुँदै

Banner

चितवन, चैत ५-

देशभर भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनका १०२ विधार्थी एसईइ परीक्षाबाट बञ्चित हुने भएका छन् ।

विभिन्न विधालयका छात्रछात्रा गरी १०२ विधार्थी बञ्चित भएका हुन् । बञ्चित भएका विधार्थी मध्ये धेरैजसोको ७५ प्रतिशत बढी हाजिर नपुगेका कारण परीक्षामा सामेल हुन नपाएको शिक्षा विकास तथा समन्वय इकाई भरतपुरका प्रमुख भूमिलाल शर्मा सुवेदीले जानकारी दिए ।

भोलि चैत ६ देखि १७ सम्म सञ्चालन हुने एसईई परीक्षामा चितवनका विभिन्न विधालयबाट ११ हजार २५५ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये १०२ सामुदायिक, खुला र प्राविधिक विधालयबाट छात्रा तीन हजार ४६२, छात्रा दुई हजार ७९७ गरी जम्मा ६ हजार २५९ सहभागी हुँदै छन् ।
यसैगरी संस्थागत विधालयबाट छात्रा दुई हजार २३४ र छात्र दुई हजार ७६२ गरी जम्मा चार हजार ९९६ जना परीक्षार्थी सहभागी हँुदैछन् । चितवनमा ४२ परीक्षा केन्द्र तोकिएका छन् भने एक हजार ६८८ जना जनशक्ति खटाइएको शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>