Breaking News

चितवनमा एसईई परीक्षाको तयारी पूरा, ४२ केन्द्रमा ११ हजार बढी परीक्षार्थी सहभागी

Banner

निशा श्रेष्ठ

चितवन, चैत ५-

देशभर भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को चितवनमा तयारी पूरा भएकोे छ ।

शिक्षा विकास तथा समन्वय इकाई भरतपुरका प्रमुख भूमिलाल शर्मा सुवेदीले परीक्षा सञ्चालनको लागि सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । गत चैत २ गते एसईईका लागि चितवनमा तोकिएका ४२ केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरणलगायत सबै जिम्मेवारी सुम्पिएको उनले बताए ।

भोलि चैत ६ देखि १७ सम्म सञ्चालन हुने एसईई परीक्षामा चितवनमा ११ हजार २५५ परिक्षार्थी सहभागी हुँदैछन् । सामुदायिक विद्यालयमा खुला  र प्राविधिक समेत गरी छ हजार २५९ विद्यार्थी रहेकोमा दुइ हजार ७९७ र छात्रा तीन हजार ४६२ रहेका छन् । त्यस्तै संस्थागत विद्यालयतर्फ चार हजार ९९६ विद्यार्थी रहेकोमा दुई हजार ७६२ छात्र र दुई हजार २३४ छात्रा रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई भरतपुरका प्रमुख सुवेदीले सरकारले निर्णय गरेअनुसारनै पत्येक एसईई केन्द्रमा हेल्थ डेस्क र आइसोलेसन कक्ष स्थापना तथा मंगलबार नै स्थानीय तहमा पत्रचार गरिएको जानकारी दिए । यसैगरी विधार्थी तथा परीक्षा केन्द्रमा आवश्यक स्वास्थ्य सामग्रीको लागि पनि अनुरोध गरिएको बताए । स्थानीय तहले पनि सोही अनुसारनै हेल्थ डेस्क राख्न प्रतिबद्धता जनाएको उल्लेख गरे ।

जिल्लाका कतिपय विधालयमा विधालय नर्स कार्यक्रमअन्तर्गत खटिने नर्सलाई पनि एसईई केन्द्रमा खटाइने प्रमुख सुवेदीले बताए । यसैगरी सबै केन्द्रमा साबुन पानी र स्यानिटाइजरको अनिवार्य व्यवस्था गरिने उनले बताए । चितवनमा ४२ केन्द्राध्यक्ष तोकिएका छन् । जसमा साहायक केन्द्रध्यक्ष ७५ ,निरीक्षक ५७०, परीक्षा सहायक ११३, सुरक्षाकर्मी ६४५ तथा कार्यालय सहयोगी २२३ जना गरी एक हजार ६८८ जनाको जनशक्ति खटिनेछ । गत वर्षको एसईईमा चितवनबाट १० हजार ९०० परिक्षार्थी सामेल थिए । यसवर्ष गत साल भन्दा ३५५ विधार्थी बढी सहभागी हुनेछन् । चितवनका २२४ विधालयबाट छात्रा पाँच हजार ६९६ र छात्र पाँच हजार ५५९ गरी ११ हजार २५५ परिक्षार्थी परीक्षामा सामेल हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>