Breaking News

कोरोना भाइरसबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

Banner

काठमाडौं, चैत ५–

कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता सबैजसो राजनीतिक गतिविधि ठप्प छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार)का लागि सचिवालय बैठक डाकेको छ ।

मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने यो बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्यण गरिने बुझिएको छ ।

कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>