Breaking News

सरकारले भन्योः ७० लाख बालबालिकालाई घरमै राख्नु होस्

Banner

काठमाडौं, चैत ५–

सरकारले ७० लाख बालबालिकालाई घरमै राख्न आग्रह गरेको छ । आज (बुधबार)देखि कक्षा १–९ सम्मको परीक्षा सकिएसंगै बिहीबार देखि ७० लाख बालबालिकालाई तीन हप्ता घरमै राख्न भनेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने डरले सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा बुधबारसम्ममा सक्न यसअघि नै निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार बुधबारसम्ममा देशभरका सबै विद्यालयले परीक्षा सक्ने तयारी गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर बुधबार परीक्षा सकिएपछि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक नगर्न, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैसँग अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>