Breaking News
चार पटक मतदान हुँदा पनि प्रदेश २ को नाम टुंगो लागेन
०

धनुषा, चैत ४–
आज दिनभर जसो मतदान मतदान हुँदा पनि प्रदेश २ को नामाकरण हुन सकेन ।
सत्तापक्ष र विपक्षीहरुले राखेको प्रस्ताव सबै अस्वीकृत भएपछि प्रदेश २ को नामाकरण हुन नसकेको हो । सुरुमा नेकपा, काँग्रेस र बारा, पर्साका सांसदहरुले दर्ता गराएको तीन वटै नाम बहुमतले अस्वीकृत भएपछि अन्तिममा सत्तापक्षले राखेको ‘मधेश प्रदेश’ नामका लागि मतदान भएको थियो । सो नाममा पनि दुई तिहाई बहुमत नपुगेपछि मंगलबार प्रदेश २ ले नाम पाएन ।
सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्यो । दुई तिहाईका लागि १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























