Breaking News

सौराहामा ३५ करोड बढी लगानीमा सिटीहल, पूर्वअर्थमन्त्री पाण्डेले गरे शिलान्यास

Banner

चितवन, चैत ४-

चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल निर्माण सुरु भएको छ ।

नेपाल सरकारले ३५ करोडको लगानीमा निर्माण सुरु गरेको सो सिटीहलको बुधबार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गरे । पाण्डेले शिलान्यास गरेसँगै सिटीहलको निर्माण कार्य सुरु भएको हो ।

नेपाल सरकार शहरी विकास मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सिटीहल निर्माण सुरु गरेको हो । संघन शहरी तथा भवन निर्माण आयोजना चितवनले भवन निर्माण सुरु गरेको छ । ३५ करोड २२ लाख ७० हजारको लगानीमा एक हजार क्षमताको सिटीहल निर्माण हुने संघ शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवन सहित मिटिङहल समेत निर्माण हुने छ ।

रेलीगेर कन्स्ट्रक्सन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ । सिटीहलको शिलान्यास गर्दै पूर्वअर्थमन्त्री पाण्डेले सिटीहल निर्माण पछि सौराहाको पर्यटनले गति लिने बताए । सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने विश्वास व्यक्त गरे । प्रदेश सांसद कृष्णप्रसाद खनालले सौराहामा निर्माण हुने सिटीहलले समग्र जिल्लाको पर्यटन विकासमा प्रभाव पार्ने बताए । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सिटीहल सौराहाको पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने बताए । ‘सिटीहल बनाएर सञ्चालनमा ल्याउने योजनाको सुरुवात भएको छ’ उनले भने, ‘यसले स्थानीय सरकार र यहाँका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।’

रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण सुरु गरेको हो । मेयर वनले नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गामा ठूला आयोजना निर्माणको काम सुरु भएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए । रत्ननगर मेयर वनको अध्यक्षतामा भएको कार्यक्रम प्रवक्ता राजेन्द्र हमालले सञ्चालन गरेका थिए । कार्यक्रममा रत्ननगरका प्रमुख प्रशसकीय अधिकृत टुवराज पोखरेलसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सौराहाका पर्यटन व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>