Breaking News

प्रदेश २ को नाम र स्थायी राजधानीको टुंगो लगाउन मतदान हुँदै

Banner

जनकपुरधाम, चैत ४-

प्रदेश २ को नामकरण र राजधानी टुंग्याउनका लागि छलफल सुरु भएको छ ।

प्रदेश २ को प्रदेश सभामा मंगलबार प्रदेशको राजधानी र नामबारे मतदान हुँदैछ । प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन सांसदले मतदान गर्दैछन् ।

अहिले प्रदेशसभामा सांसदहरुले आफ्नो मत जाहेर गरिरहेका छन् । प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले नामकारणका बारेमा मत राख्दे मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदहरुलाई स्मरण गर्न आग्रह गरेका छन् । मधेस प्रदेश नाम राख्दा सहिदको सम्मान र पदेशको पहिचान झल्कने उनीहरुको मत छ ।

प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर हुनुपर्ने बताएका छन् ।

प्रदेशको राजधानी जनकपुरमा सबैको एकमत रहे पनि नाममा भने मधेसवादी दल, नेकपा र कांग्रेसले फरक फरक प्रस्ताव दर्ता गरेका छन् ।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’ र काँग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छ ।

यी तीनै नाममा अहिले प्रदेशसभामा छलफल भइरहेको छ । सर्वसहमति नभए प्रदेशसभामा रहेका सदस्य संख्याको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउन सक्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश २ को प्रदेशसभामा १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, सत्ता साझेदार राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र एक स्वतन्त्र सांसद छन् ।

नाम र राजधानी प्रदेशसभाको दुईतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाई पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>