Breaking News

कोरोना भाइरस : ७ हजार १ सय ६४ जनाको मृत्यु, इटालीको अवस्था भयाभह

Banner

काठमाडौँ, ४ चैत –

कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी महामारी बनिरहेको छ । चीनको उहानबाट सुरु भएको यो संक्रमण अहिले विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको छ ।

पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ ।

यो रोकथाम र नियन्त्रणका लागि भनेर विभिन्न देशले विभिन्न उपाय अपनाइरहेका भए पनि यसबाट संक्रमण हुने र मृत्यु हुने क्रम भने रोकिएको छैन ।

युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ ।

सोमबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट ७ हजार १ सय ६४ जनाको मृत्यु हुँदा सबैभन्दा बढी चीनपछि युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको हो ।

युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गर्दा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

इटाली ‘लक डाउन’ मा रहँदा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन । बरु संक्रमण बढ्दो अवस्था देखिएको छ । कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ ।

थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ ।

२७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>