Breaking News

भरतपुरको क्यान्सरगेट अगाडि ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध

०
Banner

चितवन, चैत ४–

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेट अगाडिको भित्री सडकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज (मंगलबार) विहान ६ः१५ बजेको समयमा चौविसकोठीबाट गीतानगरतर्फ गइरहेको ना ७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको उपचारको क्रममा ६ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपी स्थानीयले भने सुवेदीको घटनास्थलमै मृत्यु भएको बताएका छन् । उनीहरुले जबरजस्ती महिलाको शवलाई अस्पताल पु¥याएको आरोप लगाएका छन् ।

यस्तै आक्रोशित स्थानीयले अहिले भरतपुर माडी सडक खण्ड अवरुद्ध पारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>