चितवन विशेष

चितवनमा पहिलोपटक थारु म्यूजिक भिडियो अवार्ड हुने

Banner

चितवन, चैत ३–

थारु गीतसंगीतलाई लक्षित गर्दै चितवनमा पहिलोपटक एनटिके म्यूजिक भिडियो अवार्ड हुने भएको छ ।

थारु कलाकार सभा चितवनको आयोजनामा आउँदो बैशाख २७ गते म्यूजिक भिडियो अवार्ड हुन लागेको हो । देशभर रहेका थारु गीत/संगीतलाई अवार्डमा समावेश गर्ने तयारी गरिएको छ । थारु समुदाय लक्षित यो नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको आयोजकको दावी छ । यसअघि केही भूगोल वा क्षेत्र लक्षित यस्ता खालका कार्यक्रमहरु आयोजना हुँदै आएपनि देशभरका थारु गीत/ संगीतलाई समेटेर अवार्ड आयोजना गर्न लागेको पहिलोपटक हो । २०७६ सालमा बनेर यूटुबमा सार्वजनिक भएका म्यूजिक भिडियोहरु अवार्डमा सहभागी हुन पाउने छन् ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा आयोजना गरिने अवार्डमा देशभरबाट बनेका थारु गीत/संगीतहरु यसमा सहभागी हुन पाउने छन् । गायन, संगीत, गीतकार, संगीत संयोजन, मोडेल, छायांकन, ड्रोन अपरेटर, नृत्य निर्देशक, सम्पादक, भिडियो इफेक्ट, रंग संयोजन, निर्देशक, श्रृगार, ड्रेस डिजाइनर लगायतका विद्यामा अवार्ड दिइने थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरीले जानकारी दिए । अवार्ड कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरु गठन भएको सभाका सचिव हिरा चौधरीले बताए ।

अवार्डमा सहभागिता जनाउन चाहनेहरुका लागि फारम आवेदन खुल्ला गरिएको छ । अवार्डमा सहभागीता जनाउन चाहनेहरुले २५ सय रुपैयाँ शुल्क तिरेर फारम भर्नेछन् । अवार्डमा सहभागी हुने म्यूजिक भिडियोको गुणस्तर र कामको मूल्यांकनको आधारमा बैशाख १० गते हरेक विद्याका पाँच जनाको नाम सार्वजनिक गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>