चितवन विशेष

साइकल फोटो कन्टेस्टका विजेताले पाए पुरस्कार

Banner

चितवन, चैत ३–

डि.आर.साइकल स्टोर्स, नारायणगढले पहिलोपटक आयोजना गरेको साइकल फोटो कन्टेस्टका विजेताहरुलाई आज (सोमबार) एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेको छ ।

नारायणगढमा आयोजना गरिएको वेडिङ एक्सपो–२०७६ को अवसरमा गरिएको फोटो कन्टेक्स्टमा प्रथम भएका जोन कँडेललाई तीन हजार रुपैयाँ, द्वितीय हुने रोनिस कर्मचार्यलाई दुई हजार रुपैयाँ र तृतीय हुने रामचन्द्र सुवेदीलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

एक्सपोका आयोजक दाताज इभेन्टका प्रमुख दाताराम घिमिरे, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष नविन खरेल र डि.आर. साइकल स्टोर्सका सञ्चालक धर्मराज सापकोटाले उनीहरुलाई पुरस्कार प्रदान गरे ।

विजेताहरुले प्राप्त पुरस्कार सोही कार्यक्रममा सामाजिक कार्यमा सक्रिय मौरी समूहलाई प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>