Breaking News

टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु,काभ्रेको पनौती तनावग्रस्त

Banner

काभ्रेपलान्चोक, चैत ३ –

जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको ज्यान गएको छ । ज्यान जानेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी माया गोले र उनकी छोरी स्मारीका गोलेको ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि शीर मेमोरियल बनेपामा लगिएको भए पनि उपचारको क्रममा उनीहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।

 टिपरले मारेको भन्दै पनौतिबस पार्कमा मृतकका आफन्तले सडक अवरोध गरेका छन्।  भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>