Breaking News

विकास कोइरालाको निलम्बन फुकुवाको तयारी, काँग्रेस चितवनले गर्‍यो केन्द्रलाई सिफारिस

०
Banner

चितवन, चैत ३–

एक समय जिल्लाका चर्चित नेताको रुपमा पहिचान बनाएका नेपाली काँग्रेस चितवनका पूर्व जिल्ला सभापति विकास कोइराला पुनः क्रियाशिल राजनीतिमा फर्किदै छन् ।

नेपाली काँग्रेस केन्द्रीय समितिले निलम्बन गरेपछि गुमनाम बनेका कोइराला पुनः राजनीतिमा सक्रिय हुने तयारीमा छन् । सोही अनुरुप काँग्रेस चितवनले पनि कोइरालाको निलम्बन फुकुवा गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

आज (सोमबार) बसेको काँग्रेस चितवनको बैठकले कोइरालाको कारवाही फुकुवाका लागि केन्द्रलाई सिफारिस गरेको जिल्ला सचिव राजीव न्यौपानेले जानकारी दिए । जिल्ला सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा नै कोइराला माथि गरिएको कारवाही फुकुवाका लागि सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सहसचिव राजन कार्कीले जानकारी दिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन काँग्रेस केन्द्रीय सभापति सुशिल कोइरालाविरुद्ध नै चितवन क्षेत्र नं.३ मा विकास कोइरालाले बागी उम्मेद्वारी दिएपछि उनी कारवाहीमा परेका थिए । कोइरालाले पार्टी नियम उल्लंघन गरेको भन्दै केन्द्रीय समितिले अनिश्तिकालका लागि निलम्बन गरेको थियो ।

तत्कालिन तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेलको भरतपुर कारागारमा आक्रमण भएपछि तत्कालिन काँग्रेस जिल्ला सभापति कोइराला विवादमा आएका थिए । त्यसपछि भएको काँग्रेस जिल्ला अधिवेशनमा कोइराला पराजित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>