Breaking News
देशभरका विद्यालयको समय ९ बजेदेखि ४ बजेसम्म, नयाँ शैक्षिक सत्रदेखि लागु हुने
०

काठमाडौं,चैत ३-
सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १० बजेदेखि ४ बजेसम्म तोकिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने र गराउने निर्णय गरिसकेको छ । यस्तै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सचिव महेशप्रसाद दाहालले भने, ‘यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरा छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























