चितवन विशेष

नारायणी पुलबाट एकजनाले हामफाले,प्रहरीले गर्‍यो उद्धार

Banner

चितवन,चैत ३-

नारायणी नदीको पुलबाट आइतबार साँझ एक पुरुषले हाम फालेका छन् । भरतपुर ११ भोजाडका ३५ बर्षिय भिम लामाले हाम फालेको र उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वडा प्रहरी कार्यालयको टोलीले तत्कालै उद्धार गर्न सफल भएको हो ।

राती ८ः२५ बजे पुलको विच भागबाट लामाले हाम फालेका थिए । स्थानियले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>