चितवन विशेष

सहकारीको रकम उत्पादनमा लगाउनुहोस्ः मन्त्री अर्याल

Banner

चितवन,चैत २-

भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशभरका सहकारी उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताउनुभएको छ । चितवनको खैरहनीमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गाई फार्मको अवलोकनका क्रममा मन्त्री अर्यालले सहकारी उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

“सहकारीले यहाँ सञ्चालन गरेको गाई फार्म उदाहरणीय छ”, उहाँले भन्नुभयो, “यो सहकारी उद्देश्य पूरा गर्नेतर्फ अग्रसर भएको देखिन्छ ।” गाई पालेर दुग्ध उत्पादनमात्र नभई डेरी उद्योगको स्थापना गरेर अन्य प्रोडक्ट बजारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्नेमा उहाँको जोड दिनुभयो । लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने उहाँले धारणा राख्नुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “देश विकासको चरणमा छ, देशलाई समृद्ध बनाउने सन्दर्भमा सबै एक भएर जानुपर्छ ।” अब सहकारीले पनि लगानी र उत्पादनको दायरा बढाउनुपर्ने उहाँले बताउनुभयो । सो सहकारीले साढे १९ बिघा जग्गामा गाई फार्म सञ्चालन गरिरहेको छ । फार्ममा ५०० गाई पालिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>