Breaking News

खैरहनीको लूट प्रकरणमा नयाँ तथ्य : ९ लाख रुपैयाँ लुटिएको नभई ठगी !

Banner

चितवन,  चैत १-

चितवनको खैरहनी- ८ पर्सा बजार नजिक ९ लाख रुपैयाँ लुटिएको भन्ने घटनामा नयाँ तथ्य फेला परेको छ ।

पीडित भनिएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका ६ बस्ने वर्ष ३१ का नारायण घर्ती चितवनमा जग्गा खरिदका लागि नभई अमेरिकी डलर साट्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

घर्तीले ९ लाख नेपाली रुपैयासँग २७ हजार अमेरिकी डलर साट्ने योजनाअनुसार बैंकबाट रकम निकाली पर्साबजार पुगेका थिए ।

अनिल राई नाम गरेका व्यक्तिले घर्तीको साथबाट ९ लाख रुपैयाँ लिएर २७ हजार डलर रहेको भन्दै एउटा झोला उनलाई दिएका थिए । तर, उक्त झोलाभित्र अमेरिकी डलरको सट्टा कागजका बिटा मात्रै रहेको फेला परेकाे हाे ।

अनिल नाम गरेको व्यक्ति ९ लाख नगदको झोला लिएर डलर भएको झोला थमाउनासाथ त्यहाँबाट भागेको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

डलर रहेको भनिएको झोलामा कागज मात्रै देखेपछि घर्तीले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>