Breaking News

कोरोनाभाइरस : ७० हजार मानिस उपचारपछि घर फर्किए, डब्लूएचओ भन्छ – अब केन्द्रविन्दु युरोप

Banner

काठमाडौं, १ चैत –

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि संसार आक्रान्त छ ।

तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनिहरुको परिवारजनमा आशा पनि भरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ ।

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’

चीनले कोरोनाभाइरसको महामारी लगभग नियन्त्रणमा आएको घोषणा गरेको छ । गत डिसेम्बर ३१ बाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३१ सय ७७ जनाको मृत्यु भएको छ ।

८० हजार ८ सय १७ जनामा संक्रमण देखिएकोमा ६४ हजार १ सय ५२ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । उपचारारत १३ हजार ४ सय ८८ मध्ये ४ हजार २० जनाको अवस्था सिकिस्त छ । तर संक्रमण देखिने कम न्यून भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको उद्भव भनिएको वुहान बाहेकका क्षेत्रमा यसको प्रकोप अब नियन्त्रणमा आएको चीनले बिहिबार नै जनाएको छ ।

चीनपछि कोरोनाले सबैभन्दा बढी महामारी लिएको इटालीमा १४ सय ३९ जना निको भएर घर फर्किएका छन् ।

उपचारारत १४ हजार ९५५ जनामध्ये १३ सय २८ जनाको अवस्था नाजुक छ । शनिबार विहानसम्म १२ सय ६६ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा ३५ सय २९ जना निको भएर घर फर्किएका छन् भने ७ हजार ३ सय २१ जनाको उपचार जारी छ । ५ सय १४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा ५ सय १० जना उपचारपछि ठीक भएका छन् उपचारारत ७ हजार ३ सय ९८ जनाको अवस्था सामान्य रहेको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उपचार भइरहेकामध्ये ९३ जनाको अवस्था भने गम्भीर रहेको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट ७१ जनाको मृत्यु भएको छ ।

स्पनेमा संक्रमित हुनेको संख्या अस्वभाविक रुपमा बढिरहेको छ । त्यहाँ एकैपटक २ हजार ८६ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ५२ सय ३२ पुगेको छ ।

उपचारका लागि ४ हजार ९ सय ६ जना भर्ना भइरहँदा १ सय ९३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उपचारारत मध्ये १ सय ९० जना सिकिस्त छन् भने १ सय ३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३६ सय २१ जनामध्ये ४६ जना उपचारपछि घर फर्किएका छन् ।

उपचार भइरहेकामध्ये ४६ जना निको भएका छन् भने ९ जनाको अवस्था गम्भीर छ । त्यहाँ ८ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>