एथलेटिक्स

प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

Banner

चितवन, फागुन ३०-

प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७६ आज (शुक्रबार)देखि सुरु भएको छ । भरतपुरस्थित कभर्डहलमा सुरु भएको प्रतियोगिताको वागमती प्रदेशका सांसद विजय सुवेदीले उद्घाटन गरे ।

सो क्रममा बोल्दै प्रमुख अतिथि सांसद सुवेदीले खेलको माध्यमबाट पनि चितवनलाई चिनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय चितवनमा खेलकुदको गतिविधि बढ्दै गएकोमा खुशी व्यक्ति गर्दै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणले समेत खेललाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष रमेश भट्टचन, नेपाल ब्याडमिन्टन संघ चितवनका भरत मल्ल, चितवन जिल्ला खेलकुद समितिका अध्यक्ष प्रल्हाद प्रधानलगायतको उपस्थिति रहेको थियो ।

नेपाल खेलाडी तथा प्रशिक्षक संघ, चितवनको आयोजनामा सुरु भएको प्रतियोगिता भोलि (शनिबार) सकिदैछ । प्रतियोगितामा विभिन्न चार विधा मेन्स डबल ‘ए’, ‘बी’, भेट्रान ४५ माथि र भेट्रान ५५ माथि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा देशभरबाट कुल २०० खेलाडी सहभागि भएको आयोजक संस्थाका कुश गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सहयोगी संस्थामा नेपाल ब्याडमिन्टन संघ, चितवन, र जिल्ला खेलकुद समिति रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>