Breaking News

चितवनमा कसैलाई कोरोनाको संक्रमण देखिएको छैन्ः भ्रममा नपरौं, सचेत बनौं !

Banner

चितवन,फागुन ३०-

चितवनमा आज (शुक्रबार) सम्म कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको चितवन प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लामा कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले भने,‘कसैले फैलाएको अफवाहको पछि नलागौं,तर सचेत बनौं ।’ जुनसुकै बेलापनि कोरोना भाइरस भित्रन सक्ने भएकाले सवै नागरिक सचेत बन्नुपर्ने उनले बताए । चितवनबाट कोरोना परिक्षणका लागि पठाइएका तीन वटा रिपोर्ट सबै नेगेटिभ देखिएको छ ।

यस्तै भरतपुर अस्पतालको सूचना बङ्ग्याएर कोरोना भाइरसको संक्रमण का बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउनेको पहिचान भएको भट्टराईले बताए । बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालेको आवश्यक कदमका बारेमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो । सो विज्ञप्ती बङ्ग्याएर अफवाह फैलाउनेको पहिचान भएको भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए । चिनिया राजदुतको प्रोफाइल तस्विर राखेर शलिना गुरुङको नामबाट फेक आइडी बनाएर अफवाह फैलाइएको उनले बताए । ‘सूचना तोडमोड गर्नेले आफ्नो पोष्ट हटाइसकेको छ,उनले भने’,पक्राउ गरेर साइबर क्राइम व्यूरोमा पठाउँछौं ।’ उनले दुई दिनको अवधिमा दुई जनालाई पक्राउ गरेर कारवाहीका लागि पठाएको जानकारी दिए ।

ठोरीबाट चितवन भित्रने नाका र भरतपुर विमानस्थलमा चेकजाँचलाई कडाई गरको प्रजिअ भट्टराईले बताए । उनले जिल्लाको सबै अस्पताल र मेडिकल टिमलाई अलट अवस्थामा राखिएको जानकारी दिए । पछिल्लो समय कोरोनाका विषयमा कहिले विभिन्न उपचारका विधि त कहिले संक्रमणबारे काल्पनिक कुरा फैलाएर त्रास फैलाउने काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>