चितवन विशेष

चैत ५ गतेदेखि भरतपुर महानगरपालिका भित्रका विद्यालय बन्द हुने

Banner

चितवन,फागुन ३०-

चैत ५ गतेदेखि भरतपुर महानगरपालिका भित्रका विद्यालयहरु बन्द हुने भएका छन् । भरतपुर महानगरपालिकाले चैत्र ५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि महानगरपालिका भित्रका बिद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

आज महानगरमा बसेको बैठकले कोरोनाको संक्रमणबाट बच्नका लागि महानगरभित्रका नीजि तथा सामुदायीक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सबै विद्यालयमा अहिले परिक्षा संचालन भइरहेको छ । पाँच गते नै परिक्षा सकिदैंछ ।

विद्यालय कहिलेदेखि संचालन गर्ने भन्ने विषयमा अवस्था हेरेर निर्णय गरिने महानगरपालिकाले जनाएको छ । यस्तै महानगरपालिकाले बढी भिडभाड हुने मल, सिनेमा हलहरूलाइ केही समयका लागि बन्द गर्नुका साथै मेला महोत्सब ठूला सभा सम्मेलन, भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसको अवस्था हेरी अन्य आवश्यक निर्णयहरू लिँदै जाने महानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>